कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनीता डंगोल

नेपालभ्युज

कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनीता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्त्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को सुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन् ।

काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संस्कृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताउँदै उपमेयर डंगोलले काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्त्वपूर्ण भूमिका हुनेसमेत बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved