मुस्लिम भएर पनि हरेक वर्ष राखी बाँध्छन् बलिउडका यी कलाकार

नेपालभ्युज

मुस्लिम भएर पनि हरेक वर्ष राखी बाँध्छन् बलिउडका यी कलाकार

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान मुस्लिम भएर पनि हरेक वर्ष रक्षाबन्धन पर्व मनाउँछन् । उनले बहिनी अर्पिता र अल्विरासँग राखी बाँध्ने गर्छन् ।

त्यस्तै शाहरुख खानलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो भाई मान्छिन् । उनले शाहरुखलाई राखी समेत बाँधेकी छन् । अर्की अभिनेत्री हुमा कुरैशीले पनि हरेक वर्ष रक्षा बन्धन मनाउने गर्छिन् ।

अर्का मुस्लिम अभिनेता सैफ अलि खानले आफ्नी बहिनी सोहा अली खानसँग रक्षाबन्धन मनाउँछन् । टेलिभिजनकी अभिनेत्री हिना खानले पनि हरेक वर्ष रक्षा बन्धनमा  राखि बाँध्छिन ।

फराह खान र साजिद खानले पनि राखी बाँधेर रक्षा बन्धन पर्व मनाउने गर्छन् । यस लिस्टमा आमिर खानको नाम पनि समावेश छ । सारा अली खानले हरेक वर्ष आफ्ना भाईलाई राखी बाँध्ने गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved