माओवादी र राप्रपाबीच भद्र सहमति भएको खुलासा

नेपालभ्युज

माओवादी र राप्रपाबीच भद्र सहमति भएको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार निर्माणको सम्बन्धमा भद्र सहमति भएको खुलासा गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङ्देनबिच भद्र सहमति भएको बताएका हुन् ।

दुई दलबीचको सहमतिकै आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको पनि उनले बताए ।

उनले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने विश्वास पनि व्यक्त गरे ।

‘मध्यावधि चुनावमा जानुभन्दा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ’, सांसद दाहालले भने, ‘त्यसैले सहमतिकै आधारमा हामीले राप्रपालाई हाम्रो भागमा परेको संसदीय समिति सभापति दियौं ।’

उनले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको प्रतिक्रिया दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved