कोशीमा एमालेकै नेतृत्वमा टिक्नेखाले सरकार बन्ने ओलीको दाबी

नेपालभ्युज

कोशीमा एमालेकै नेतृत्वमा टिक्नेखाले सरकार बन्ने ओलीको दाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै नेतृत्वमा टिक्नेखालको सरकार बन्ने दाबी गरेका छन् । कोशीमा एमालेको सरकार बन्दा मात्रै स्थिरता हुने ओलीको भनाइ छ ।

सत्ता गठबन्धनको असंवैधानिक कदमका कारण सरकार बन्ने र ढल्ने खेल भएको भन्दै उनले कोशीमा स्थिरताका लागि एमालेकै सरकार बन्नुपर्ने बताएका हुन् । शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कोशीमा सभामुखले नै संविधान मिच्नु गलत भएको बताए ।

बिहीबार सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत नै संविधानसम्मत नभएको ठहर गरेको थियो । यससँगै कोशीमा थापाको सरकार कामचलाउ भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved