बच्चा धेरै रिसाउँछ ? यसरी शान्त पार्नुहोस्

नेपालभ्युज

बच्चा धेरै रिसाउँछ ? यसरी शान्त पार्नुहोस्

एजेन्सी। अहिलेका बच्चा एकदमै रिसाउने गर्छन् । कहिलेकाहीँ त बच्चाको रिस नियन्त्रण गर्न समस्या नै हुन्छ । तर, केही टिप्स अपनाएर बच्चाको रिसलाई नियन्त्रण गर्न सकिन्छ ।

बच्चालाई विनाकारण रिस उठ्दैन, यस्तोमा आफ्नो बच्चासँग खुलेर कुरा गर्नुहोस् । रिसको कारण बुझ्ने प्रयास गर्नुहोस् ताकि बच्चाले आफूलाई एक्लो महसुस नगरोस् ।

कयौंपटक बच्चाहरू आफ्नो रिस चिच्याएर र नराम्रो व्यवहार गरेर देखाउने गर्छन् । यस्तोमा तपाईंले बच्चालाई आफ्नो भावना व्यक्त गर्न सिकाउनुहोस् । उनीहरूलाई आफ्नो मनको कुरा खुलेर भन्न सिकाउनुहोस् ।

बच्चालाई सम्झाउनुहोस् कि, जब रिस उठ्छ, त्यस्तोबेला केही त्यस्तो क्रियाकलाप गर्ने जसले उनीहरूलाई खुसी दिन्छ । अचानक मन अर्को काममा मोडेर रंग भर्ने तथा आफूलाई मनपर्ने कार्टुन हेर्न सुझाव दिनुहोस् ।

बच्चालाई रिस कसरी शान्त पार्ने भनेर सिकाउनुहोस । उल्टो नम्बर भन्न पनि सकिन्छ, नाच्ने तथा लामो लामो स्वास फेर्ने सिकाउनुहोस् । यसले रिस व्यवस्थापन गर्न सहयोग पुग्छ ।

त्यस्तै, सानैदेखि उसको हरेक माग पूरा गर्नुहुँदैन । यसले जिद्दी स्वभाव विकास हुँदै जान्छ । हामीले सानो बच्चाको सानै माग छ भनेर धेरै कुरा पूरा गरिरहेका हुन्छौं ।

जब बच्चा अलि ठूलो हुँदै जान्छ उसको माग पनि बढ्दै जान्छ । जसलाई पूरा गर्न नसक्दा उनीहरू रिसाउने जिद्दी गर्ने खालको स्वभाव विकास हुन्छ । त्यसैले सानैदेखि बच्चालाई उसले माग्नेबित्तिकै सबैकुरा पूरा गर्नुहुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved