बारामा भएको बस दुर्घटनामा ६ जना भारतीय र एक नेपालीको मृत्यु (नामावलीसहित)

 बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना भारतीय र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

बारामा भएको बस दुर्घटनामा ६ जना भारतीय र एक नेपालीको मृत्यु (नामावलीसहित)

बारा ।  बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना भारतीय र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतको राजस्थान बस्ने ६७ वर्षका बहादुर सिंह, ६० वर्षकी सत्यवती, ७० वर्षका राजेन्द्र चतुर्वेदी, वर्ष ६५ की श्रीकान्त चतुर्वेदी, ६७ वर्षकी बैजन्ती देवी र वर्ष ६५ की मिरा देवीको मृत्यु भएको छ ।

यस्तै महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षका बिजयलाल पण्डितको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved