एजेन्सी। शरीरमा पोषक तत्त्वहरूको कमी र हर्मोनको परिवर्तनले मात्र नभएर कपालमा धेरै काइँयोको प्रयोग गर्दा वा कपाल धेरै कोर्दा पनि कपालसम्बन्धी समस्याहरू आउन सक्छन् ।
साथमा कपाल झर्नुको एउटा ठूलो कारण धेरै कोर्नुलाई पनि मानिन्छ । आउनुहोस् जानौं कपाल धेरै कोर्ने गर्दा कस्ता खालका समस्या आउन सक्छन् भन्ने बारे ।
कपाल टुक्रने
धेरै कपाल कोर्दा कपाल र स्काल्प बीचको जोडमा दबाब सिर्जना हुन्छ । जसले गर्दा कपाल सुक्खा र कमजोर भएर टुक्रिन थाल्छ ।
स्काल्प इरिटेसन
कोर्दा कपालमा सुक्खापन बढ्ने हुँदा स्काल्प चिलाउने तथा इरिटेसन हुने समस्या आउन सक्छ ।
कपाल झर्नु
काइँयोले कपाल कोर्दा जरामा दबाब पर्छ । जसले स्काल्पका पोर्स खुल्ने सम्भावना हुन्छ । स्काल्पका पोर्स खुल्दा जराहरू कमजोर हुन थाल्छन् जसले गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।
टाउकाको नसामा समस्या
टाउकोमा काइँयोको धेरै प्रयोग गर्दा नसामा प्रभाव पर्छ । थोरै कोर्दा टाउकोमा रक्तसञ्चार राम्रो हुन्छ भने धेरै कोरिरहँदा दबाब सिर्जना भएर नराम्रो असर पनि पर्न सक्छ ।
त्यसो त, धेरै मानिसको जतिसुकै बेला कपाल कोर्ने बानी हुँदैन । तर, कतिपय पुरुषमा काइँयो साथमा लिएर हिँड्ने र बेला बेलामा कपाल कोरिरहने बानी हुन्छ । जुन हानिकारक हुन सक्छ । त्यसैले, आवश्यकभन्दा धेरै कपाल कोर्न बन्द गरौं ।
Facebook Comment
Comment