तुलसी पानीले कपाल धुनुका फाइदा

नेपालभ्युज

तुलसी पानीले कपाल धुनुका फाइदा

एजेन्सी। तुलसी पानीमा कैयौं पोषक तत्त्व पाइन्छ जो कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छन् । त्यसैले, तुलसी पानीले कपाल धुँदा कपाललाई धेरै नै राम्रो हुन्छ ।

कपाललाई बलियो बनाउनका लागि तुलसी पानीको प्रयोग गर्न सकिन्छ । तुलसीमा यस्त गुणहरू भरिपूर्ण रूपमा पाइन्छ ।

तुलसीको पानीले स्काल्पको सरसफाइ गर्नु पनि राम्रो हुन्छ । यसले रुखो तथा कमजोर कपालबाट राहत दिई जरैदेखि बलियो बनाउन सहयोग गर्छ ।

त्यस्तै, कपाललाई चम्किलो बनाउन पनि तुलसीको प्रयोग राम्रो मानिन्छ । तुलसीको पानीमा पाइने पोषक तत्त्वले कपाललाई प्राकृतिक रूपमै चम्किलो बनाउन सहयोग गर्छ ।

तुलसीको पानीमा कयौं पोषक तत्त्व पाइन्छन् । जसले कपालको लम्बाइ पनि बढ्न थाल्छ । त्यसैले, कपाल झर्ने समस्याबाट राहत पाउन पनि यसको प्रयोग उत्तम मानिन्छ ।

कपाललाई मुलायम बनाउन पनि तुलसीको पानीले कपाल धुन सकिन्छ । यसका लागि स्याम्पु गरिसकेपछि तुलसीको पानीले कपाल धुनुहोस् ।

तुलसीका केही मात्रामा पात लिने र राम्रोसँग धुने । उक्त पातलाई पानीमा उमाल्ने । यसरी बनेको पानीलाई चिसो भएपछि आफ्नो कपालमा प्रयोग गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved