बिकिनी वाक्स गर्नु अघि ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

बिकिनी वाक्स गर्नु अघि ध्यान दिनुपर्ने कुरा

एजेन्सी । आजकल धेरै महिला ‘बिकिनी वाक्स’ गर्न मन पराउँछन् । यदि पहिलोपटक वा लामो समय पछि वाक्स गराउन खोज्नुभएको छ भने केही कुरामा ध्यान दिन जरुरी छ ।

बिकिनी वाक्स गराउँदै हुनुहुन्छ भने सबैभन्दा पहिला एकपटक लामो रौंहरुलाई ट्रिम गर्नुहोस । ट्रिम गर्नाले यिनीहरुको तौल तथा लम्बाई कम हुन्छ । यस्तोमा वाक्स गर्ने समयमा तपाईंलाई धेरै दुखाई महसुस हुँदैन ।

ट्रिम गर्ने क्रममा ध्यान दिनुपर्छ कि रौंहरुको लम्बाई त्यति होस जसले वाक्स गर्न सजिलो बनाओस । धेरै छोटो भयो भने पनि वाक्स गर्दा रौंहरु निस्कँदैनन् ।

बिकिनी वाक्स गराउनु अघि राम्रोसँग उक्त भागलाई सफा गर्नुपर्दछ । कुनै स्क्रबको सहायताले धुनुभयो भने छाला मुलायम हुन्छ र वाक्स गर्दा दुखाईको महसुस कम हुन्छ ।

महिनावारी भइरहेको बेला कहिल्यै पनि वाक्स गर्नु हुँदैन । यस्तोबेला छाला एकदमै संवेदनशील भइरहेको हुन्छ जसले गर्दा छालामा समस्या आउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved