घरमा फोहोर जम्मा गर्दा हुन सक्छ नोक्सान

नेपालभ्युज

घरमा फोहोर जम्मा गर्दा हुन सक्छ नोक्सान

एजेन्सी । वास्तुशास्त्रमा घरका सामानलाई लिएर कैयौं नियम बताइएको छ ।

यी मध्ये एक हो घरमा कबाडको सामना राख्नु वा थोत्रा काम नलाग्ने सामानहरुलाई राखिराख्नु सही मानिँदैन । यसले विभिन्न नोक्सानहरु हुन सक्छन् ।
– वास्तुशास्त्रअनुसार घरमा कबाड सामानहरु राख्नु भनेको कंगाल हुनु जस्तै हो । वा यसले लक्ष्मीको बास घरमा रहँदैन जसले गर्दा घरमा आर्थिक मन्दी आउन सक्छ ।

– त्यस्तै फोहोरलाई जहिले पनि घरको गेटभन्दा बाहिर राख्नुपर्छ । यदी तपाईंलाई काम नलाग्ने तर प्रयोग गर्न सकिने खालको सामान छ भने कोही आवश्यक भएका व्यक्तिलाई दिन सकिन्छ ।

– घरको सरसफाईबाट निस्केको फोहोरलाई पनि कहिल्यै घरको छतमा राख्नु हुँदैन । यसो गर्नाले घरमा नकारात्मकता आउँछ ।

– यसका साथै यदी तपाईंले घरको कुनै स्थानमा बोटविरुवा लगाउनु भएको छ भने पनि वरपर माटो तथा मललाई नफाल्नुहोस् । त्यसलाई पनि व्यवस्थित गरेर राख्नुपर्दछ ।

– घरमा खिया लागेका फलाम तथा काम नलाग्ने काठका टुक्राहरु पनि राख्नु अशुभ मानिन्छ । यसो गर्नाले घरमा अशान्ति बन्न सक्छ ।

– त्यस्तै घरमा पुराना पत्रपत्रिकाहरु तथा किताबहरु पनि कबाडी जसरी एउटा कुनामा फाल्नु हुँदैन । यसो गर्नाले माता लक्ष्मी तथा सरस्वती रिसाउँछन् भन्ने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घरको छतलाई जहिले पनि सफा राख्नु पर्दछ । यसो गर्नाले घरमा प्रगति तथा खुशीयाली छाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved