संसद् खुलाउन ठूला दलका सचेतकसँग सभामुखको छलफल

नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको संसद् बैठक सञ्चालनको लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

नेपालभ्युज

संसद् खुलाउन ठूला दलका सचेतकसँग सभामुखको छलफल

काठमाडौं। नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको संसद् बैठक सञ्चालनको लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकहरु सहभागी छन् ।

संसद् बैठक १ बजेका लागि बोलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न विशेष छानबिन समितिको माग गरेर एमालेले गएको साउन १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved