एजेन्सी । हामी सबैको जीवनमा एउटा यस्तो समय जरुर आउँछ जब हामीलाई कोही साथीको आवश्यकता पर्दछ ।
एक्लोपन टाढा गर्न र प्रेमको महसुस गर्नका लागि हामीलाई जीवनसाथीको आवश्यकता पर्दछ । तर कैयौंपटक मानिस आफ्नो आवश्यकतालाई ध्यान दिँदै आफ्नो सम्बन्ध खराब गर्ने गर्छन् । उनीहरु वर्तमान जीवनमा आनन्द महसुस गर्नका लागि कोही बाहिरी व्यक्तिसँग नजिक हुन थाल्छन्, जो इमोशनल अफेयरको कारण पनि बन्न सक्छ ।
यदी तपाईंको जीवनमा कोही छैन भने कसैसँग भावनात्मक रुपमा जोडिनु गलत होइन । तर यदी तपाईं आफ्नो हाँसीखुशी जीवनमा आफ्नो पार्टनरलाई भन्दा धेरै कोही अरुलाई महत्व दिन थाल्नु भयो भने यो इमोशनल अफेयरको कारण बन्न सक्छ जो वैवाहिक जीवनमा धोका दिनुभन्दा कम होइन । आउनुहोस् यस लेखमा जानौं विस्तारमा ।
के हो इमोशनल अफेयर ?
इमोशनल अफेयर यानिकी कोही व्यक्तिसँग भावनात्मक रुपमा जोडिनु । यसमा व्यक्ति कसैसँग भावनात्मक रुपमा जोडिन थाल्छ । उसको नजिक हुँदा खुशी महसुस गर्न थाल्छ र आफ्नो धेरै समय उही व्यक्तिलाई दिन थाल्छ ।
इमोशनल अफेयरमा व्यक्तिको शारीरिक रुपमा नजिक हुनुसँग कुनै सम्बन्ध नहुन पनि सक्छ । यस्तोमा व्यक्तिले उसलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन थाल्छ र आफ्नो हरेक सानो भन्दा सानो कुरा उसलाई शेयर गर्न थाल्छ ।
यसको वैवाहिक जीवनमा असर
कोही व्यक्तिसँग भावनात्मक रुपमा जोडिनु गलत होइन तर यदी तपाईं पहिलेदेखि नै कुनै सम्बन्धमा हुनुहुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई यसबारेमा जानकारी दिन जरुरी हुन्छ । इमोशनल अफेयरका कारण मानिस आफ्ना पार्टनरसँग दिक्क मान्न थाल्छन् ।
आफ्नो धेरै भन्दा धेरै समय दोस्रो व्यक्तिलाई दिन थाल्छन् र आफ्नो पार्टनरबाट दुरी बनाउन थाल्छन् । यस्तो व्यवहार कुनै पनि सम्बन्धका लागि धोका सरह नै हो जसले गहिरो सम्बन्धलाई पनि बिगार्ने कारण बन्न सक्छ ।
इमोशनल अफेयरमा भएको कसरी थाहा पाउने ?
एक्लै समय बिताउने बहाना खोज्नु
यदी कोही व्यक्ति इमोशनल अफेयरमा छ भने उसले धेरै भन्दा धेरै समय एक्लै बिताउन कोसिस गर्छ जसले गर्दा ऊ दोस्रो व्यक्तिसँग समय बिताउन सकोस् । यसका साथै उसले परिवारलाई बेवास्ता गर्ने कोसिस गर्छ र कुनै पनि कुरामा रुची देखाउँदैन ।
अरुलाई आफ्नो पार्टनरभन्दा राम्रो मान्नु
इमोशनल अफेयरमा व्यक्तिले उक्त सम्बन्धमा आफूलाई यति डुबाउँछ कि उसलाई हरेक चीजमा दोस्रो व्यक्ति नै आफ्नो पार्टनरभन्दा राम्रो लाग्न थाल्छ । उसलाई यस्तो लाग्छ कि अरुले नै उसलाई आफ्नो पार्टनरभन्दा धेरै बुझ्छ ।
सानो सानो कुरा शेयर गर्नु
इमोशनल अफेयरमा व्यक्तिले आफ्नो हरेक सानो भन्दा सानो कुरा दोस्रो व्यक्तिलाई भन्न थाल्छ । दिनभरमा उसले गरेको कार्य वा कुनै विषयलाई लिएर उसको के धारणा छ यस्ता खालका कुरा उसलाई भन्न थाल्छ ।
आफ्ना मान्छेका सामु खुशी नहुनु
यस्तोमा व्यक्तिले आफ्नो मानिसहरुका सामु खुशी महसुस गर्दैन र दोस्रो व्यक्तिसँग मात्र जोडिरहने कोसिस गर्छ । ऊ प्रायः आफ्नो पार्टनरसँग रिसाउने गर्छ र उसको मनमा यही लाग्छ कि उसले एकदमै राम्रो काम गरिरहेको छ ।
यस्तो अफेयरबाट कसरी बाहिर आउने ?
– यदी तपाईंलाई महसुस हुन थालेको छ कि तपाईं इमोशनल अफेयरको हिस्सा बनिसक्नुभएको छ । यसका लागि आफ्नो जीवनमा केही परिवर्तन ल्याउन सकिन्छ । जसले गर्दा यस्तो अफेयरबाट बाहिर आउन सकियोस् ।
– दोस्रो व्यक्तिसँग सम्पर्क पूर्ण रुपमा बन्न गर्ने र दुरी बनाउन शुरु गर्ने ।
– त्यो समयको बारेमा सोंच्ने जतिबेला तपाईं आफ्नो परिवार र पार्टनरसँग खुशी रहनुहुन्थ्यो ।
– आफ्नो परिवार र पार्टनरसँग धेरै भन्दा धेरै समय बिताउने ।
– पार्टनरसँग खुलेर कुरा गर्ने र सम्बन्धमा प्रेमलाई बनाइराख्ने जसले गर्दा तेस्रो व्यक्ति बीचमा आउने मौका नमिलोस् ।
Facebook Comment
Comment