स्याउबाट बनाउनुहोस् अनुहार चम्काउने फेस प्याक

नेपालभ्युज

स्याउबाट बनाउनुहोस् अनुहार चम्काउने फेस प्याक

एजेन्सी । स्याउमा भिटामिन सी, भिटामिन ए र कयौं अन्य पोषक तत्व पाइन्छन् । यी खानका लागि त फाइदाजनक हुन्छन् नै त्यसवाहेक यसको फेस प्याक लगाउँदा अनुहार पनि चम्किलो बनाउन सकिन्छ ।

आउनुहोस् जानौं यसका बारेमा–

  • स्याउ छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसले ड्यामेज हुन लागेका सेलहरुलाई मर्मत गर्ने काम गर्छ । जसले गर्दा अनुहारमा ग्लो आउन थाल्छ ।
  • सबैभन्दा पहिला स्याउलाई मिक्सरमा पिस्नुहोस् । त्यसपछि यसमा एक चम्चा दही र आधा चम्चा कागतीको रस मिसाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् ।
  • यदि छाला सुख्खा छ भने तपाईं यो फेस प्याकमा एक चम्चा ग्लिसरीन र गुलाब जल मिसाएर लगाउनुहोस् । यसलाई केहीबेर अनुहारमा लगाउनुहोस् र धुनुहोस् ।
  • यदि छाला एकदमै संवेदनशील छ भने तपाईंले सबैभन्दा पहिला स्याउलाई पानीमा उमालेर म्यास गर्नुहोस् । अब यसमा केरा र एक चम्चा नौनी मिसाएर अनुहारमा लगाउनुहोस् ।
  • यदि छाला सामान्य छ भने तपाईं स्याउको पेस्टमा एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा दही र आधा चम्चा ग्लिसरीन मिसाएर अनुहारमा लगाउनुहोस् ।
  • स्याउबाट तयार गरेको फेसप्याक लगाउनाले छालाका पोर्सहरु सफा हुन्छन् र अनुहारमा मोइस्चर बनिरहन्छ । यसबाहेक अनुहारमा दागधब्बा पनि कम हुन्छन् ।
  • स्याउको पेस्टमा अनारको जुस मिसाएर लगाउँदा छालामा निखार आउँछ । यसको लाभ लिनका लागि मालिस पनि गर्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved