एजेन्सी । लुको समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्ने सल्लाह दिइन्छ । आउनुहोस् जानौँ गर्मीमा काँचो प्याज खाँदा कस्ता फाइदा पाइन्छन् ।
पाचनसँग जोडिएका समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्नु एकदमै फाइदाजनक हुन सक्छ । यसको सेवनले शरीरलाई हाइड्रेट राख्नुका साथै पाचनलाई स्वस्थ राख्न सहयोग मिल्छ।
काँचो प्याज खाँदा हृदय सम्बन्धी समस्यामा कमी आउँछ । शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्धत गर्छ जसले हृदयाघात तथा स्ट्रोकको सम्भावना कम हुन्छ।
रक्तचापको समस्याले सताइरहेको छ भने प्याजको रस सेवन गर्नु फाइदाजनक हुन सक्छ । प्याजमा पाइने पोटाशियमले गर्मीमा रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ।
काँचो प्याज खानु वा त्यसको जुस पिउँदा आँखालाई पनि फाइदा हुन्छ । भिटामिन ए र केरोटेनायड्सले भरपुर हुने भएकाले प्याजको सेवनले आँखा स्वस्थ हुन्छ।
इम्युनिटी बढाउनका लागि पनि काँचो प्याजको सेवन गर्नुहोस्। काँचो प्याजमा एन्टीअक्सीडेन्ट्सको मात्रा भरपुर हुन्छ जसले यस मौसममा इम्युनिटीलाई बलियो बनाउन सहयोग गर्छ।
Facebook Comment
Comment