कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

नेपालभ्युज

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक सार्वजनिक हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने बताए।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ।

गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। ती मध्ये २ विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved