काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएको छ । गत बिहीबारको तुलनामा नेप्से ०.७१ प्रतिशतले वृद्धि भएको हो । आइतबार उत्पादनमूलक, लघुवित्त र वित्त कम्पनी र अन्य उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचमा वृद्धि भएको छ ।
आजको कारोबारमा थ्रि स्टार हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफा कमाउनेमा रहेको छ भने घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वाधिक गुमाएको छ ।
आज नेप्सेमा ३ अर्ब बढीको कारोबार भएको छ । ९५ हजार ९६५ वटा कारोबारमा ९७ लाख १८ हजार ७५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब १ करोड ८५ लाखको कारोबार भएको हो ।
आइतबार बजारमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ ।
Facebook Comment
Comment