बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि बन्द

नेपालभ्युज

बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि बन्द
फाइल तस्वीर।

काठमाडौं। पहिरो रोकथामको लागि बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्नको लागि सडक बन्द गरिएको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ ।

राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले मर्मतको लागि सडक बन्द भएको हो ।

आज आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved