डेंगुले ७ जनाको मृत्यु, ७ हजारभन्दा बढीमा संक्रमण

नेपालभ्युज

डेंगुले ७ जनाको मृत्यु, ७ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं। स्वास्थ्य सेवा विभागले नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको जनाएको छ।

स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए । सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए ।

उनले हाल ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा. मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जति बेला पनि डेंगु सर्न सक्ने बताउँदै हालसम्म ७ जनाको मृत्यु भएको पनि जानकारी दिए ।

उनले भने, ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजी स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ । यो वर्ष जनवरी १ देखि अगस्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसकेको छ ।

उनले यस वर्ष पनि सचेत हुन सबैलाई आग्रह गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved