पाकिस्तानमा रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो

नेपालभ्युज

पाकिस्तानमा रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ। १०० भन्दा धेरै घाइते भएका छन्।

कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटना भएको हो । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएका थिए।

रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरू दुर्घटनास्थलमा भेला भएको देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved