फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी

नेपालभ्युज

फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप

काठमाडौं। फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सबीचको खेल बराबरीमा सकिएको छ।

वेलिङ्टन रिजनल स्टेडियममा बिहीबार भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

नेदरल्यान्ड्सको लागि जिल रुर्ड र अमेरिकाको लागि लिन्डसे होरानले गोल गरे।

खेलको १७ औँ मिनेटमा जिलले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। ६२ औँ मिनेटमा होरानले अमेरिकाको लागि गोल गर्दै खेलललाई १–१ को बराबरीमा पुर्‍याए। यससँगै अमेरिका र नेदरल्यान्ड्सले अंक बाडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved