कोशी सरकारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो

नेपालभ्युज

कोशी सरकारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो

काठमाडौं । कोशी सरकारसम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासमा भइरहेको सुनुवाइ सकिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासको भइरहेको सुनुवाइ सकिएको सकिएको हो । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार सुनुवाइ सकिएकाले बिहीबार फैसला आउनसक्ने बताइएको छ । यस मुद्दामा आजै फैसला आउने धेरैको अनुमान थियो ।

मुख्यमन्त्री चुन्ने पक्रियामा सभामुखको प्रत्यक्ष संलग्नता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चमा मुद्दा हालेको थियो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved