सामाखुसीमा खोलाले बगाएका साजन अझै भेटिएनन्

नेपालभ्युज

सामाखुसीमा खोलाले बगाएका साजन अझै भेटिएनन्

काठमाडौं। आइतबार अपराह्न साढे ४ बजे सामाखुसीबाट खोलाले बगाएका साजन आलेमगर (विधान)को अझै भेटिएका छैनन्। संघीय राजधानी काठमाडौंको चक्रपथभित्र सुविधासम्पन्न बस्तीबीचमा बग्ने सानो खोलाले बगाएका उनी तीन दिन पुग्दासम्म नभेटिएका हुन्।

काठमाडौंको रानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत १३ वर्षीय साजनको खोजीमा सुरक्षा निकाय लागिपरेका छन्।

जति–जति समय घर्किंदैछ, बाढीमा बगेका साजन सकुशल भेट्न नसक्ने सम्भावना बढी देखिएको छ। लैनचौर प्रहरी वित्त र प्रहरीको विपद् व्यवस्थापनलगायत विभिन्न निकायले खोजी गरिरहेका छन्।

काठमाडौंमै फेरि सामान्य खोलाले निल्यो बालक !  जिम्मेवार को ? 

सामाखुसीमा खसेका साजन बगेर विभिन्न खोलामा पुगेको हुनसक्ने आकलनसहित सबैतिर छुट्टै प्रहरी परिचालन गरिएको छ।

रानीबारी नजिकैको तिलिङटार बस्तीका उनलाई आइतबार त्यसैको छेउ हुँदै बग्ने सामाखुसी खोलाले सडकबाटै बगाएर छिनभरमै बेपत्ता पारेको थियो।

विधानलाई दोहोरी रेस्टुरेन्ट चलाउँदै आएका बुबा मनोजले हुर्काइरहेका थिए। आमा यतिबेला रोजगारीका लागि पोर्चुगलमा छिन्।

साजन रानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ का विद्यार्थी हुन्।

सामाखुसीको नालीले बालक बगायो, खोजी हुँदै

मनोजका अनुसार छरितो शरीर र अग्लो कदउन्मुख किशोरावस्था गुजारिरहेका साजन पढाइमा अब्बल विद्यार्थी हुन्।

उनी तेक्वान्दो र खेलकुदमा निकै चासो राख्थे। उनी विद्यालयबाट फर्किएपछि दैनिक सामाखुसीमा दैनिक फुटसल खेल्न जान्थे। आइतबार पनि उनी विद्यालयबाट फर्किएपछि फुटसल खेल्न जाँदा खोलामा खसेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved