निधिको दाबी- कांग्रेसभन्दा अरु पार्टी लोकतान्त्रिक हुनै सक्दैनन्

नेपालभ्युज

निधिको दाबी- कांग्रेसभन्दा अरु पार्टी लोकतान्त्रिक हुनै सक्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालमा नेपाली कांग्रेसभन्दा लोकतान्त्रिक पार्टी अरु नभएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस व्यवहारिकरुपमै लोकतान्त्रिक भएको बताए ।

देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि कांग्रेस नै सबैभन्दा लोकतन्त्रिक भएको उनको भनाइ छ ।

‘पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा आएको छ, तर त्यस्तो केही होइन’, उनले भने, ‘देशको हितका लागि पनि कांग्रेस एक हुनुको विकल्प छैन ।’

कांग्रेस नेता शशांक कोइरालाले केन्द्रीय समिति बैठक सकिनुअघि चियापान समारोह राखेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved