कोशी सरकारसम्बन्धी मुद्दा तीन न्यायाधीशको पूर्ण इजलासमा

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइका लागि तीन न्यायाधीश सम्मिलित पूर्ण इजलास तोकिएको छ ।

नेपालभ्युज

कोशी सरकारसम्बन्धी मुद्दा तीन न्यायाधीशको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइका लागि तीन न्यायाधीश सम्मिलित पूर्ण इजलास तोकिएको छ ।

मंगलबार न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुँदैछ ।

सोमबार सर्वोच्चले उक्त मुद्दामाथि पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश गरेको थियो ।

मुख्यमन्त्री चुन्ने पक्रियामा सभामुखको प्रत्यक्ष संलग्नता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चमा मुद्दा हालेको थियो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved