काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले मोरक्कोमाथि सानदार जित हासिल गरेको छ।
मेल्बर्न रेक्ट्याङ्गुलर स्टेडियममा सोमबार भएको खेलमा जर्मनीले मोरक्कोलाई ६-० को फाराकिलो गोलअन्तरले पराजित गरेको हो।
जर्मनीको लागि अलेक्जान्ड्रा पप, क्लारा भुल र लिआ सुलले गोल गरे। जर्मनीले २ गोल भने उपहारस्वरुप पाएको थियो।
खेलको ११ औँ मिनेटमा अलेक्जान्ड्राले गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन्। ३९ औँ मिनेटमा उनले जर्मनीको लागि दोस्रो गोल गरिन्। यो उनको व्यक्तिगत दोस्रो गोल थियो।
४३ औँ मिनेटमा क्लाराले जर्मनीको लागि तेस्रो गोल गरिन्। ५४ औँ मिनेटमा मोरक्कोका हानानीले एइट हल हाजले आत्मघाती गोल गर्दा जर्मनीले थप एक गोल उपहार पायो।
७९ औँ मिनेटमा मोरक्कोका यास्मिन म्राबेटले आत्मघाती गोल गरेसँगै जर्मनीको खातामा पाँचौँ गोल चढ्यो। ९० औँ मिनेटमा लिआलेले जर्मनीको लागि छैँटौँ गोल गरिन्।
Facebook Comment
Comment