काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने बताएपछि लगानीकर्ताहरू द्विविधामा परेका हुन् ।
आइतबार नेप्सेमा उच्च वृद्धि भए पनि १७ माघ २०७९ मा २२११.७६ को बिन्दुमा बन्द भएको नेप्से पछिल्लो एक वर्षमा त्यसभन्दा माथि जान सकेको थिएन ।
तर, आइतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जाको जोखिम भार घट्ने नभई ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार मात्रै १०० प्रतिशतमा झार्ने जानकारी दिएका थिए । सो जानकारी पाएपछि आइतबार उत्साहित भएका लगानीकर्ता सोमबार निराश देखिए । जसले गर्दा आज २६.६६ अंकको गिरावट भएको हो ।
गिरावटपछि नेप्से २२००.०५ को बिन्दुमा झरेर बन्द भएको छ । सोमबार अन्य र म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने ५ अर्ब पुगेको छ ।
सोमबार नेप्सेमा कुल २१९ सूचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १६३ कम्पनीको सेयरमूलयमा गिरावट हुँदा ५० कम्पनीकधो सेयरमूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयरमूलय स्थिर छ ।
Facebook Comment
Comment