जानौं, अमिला फलको सेवन किन गर्नुपर्छ ?

नेपालभ्युज

जानौं, अमिला फलको सेवन किन गर्नुपर्छ ?

एजेन्सी । अमिलो फलको सेवन गर्नु स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । खासगरी, अमिलो फलमा कयौं प्रकारका पोषक तत्व पाइन्छन् जो शरीरका लागि एकदमै आवश्यक हुन्छ ।

अमिलो फलमा कागती, सुन्तला, कानु, चोत्रा, इमली, मौसम, अमला, अंगुर तथा स्ट्रबेरी लगायत पर्छन् । यस्ता फल किन हामीले खानुपर्छ भनेर आज जानौं ।

  • अमिलो फलमा पाइने न्यूट्रिसनले पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ ।
  • अमिलो फलमा एन्टीओबेसिटी गुण पाइन्छ, जसले तौल कम गर्नका लागि सहयोग पुर्‍याउँछ ।
  • तौल कम गर्नका लागि तपाईं खाली पेट कागती पानी पनि पिउनु सक्नुहुन्छ ।
  • अमिलो फलमा एन्टीअक्सीडेन्ट्स तथा अन्य पोषक तत्वहरु हुन्छन्, जसको सेवनले हाम्रो छालामा चमक आउँछ साथै चाउरीपनाबाट पनि छुट्कारा पाइन्छ ।
  • त्यस्तै किड्नीको स्वास्थ्यका लागि पनि यस्ता फल एकदमै उपयोगी हुन्छन् । यसको सेवनले किड्नीमा स्टोन हुने सम्भावना कम गराउँछ ।
  • अमिलो फलमा फ्लेवोनाइड्स हुन्छ, जो दिमागलाई स्वस्थ राख्नका लागि पनि सहयोगी हुन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।
  • विशेषगरी इम्युनिटी बुस्ट गर्नका लागि अमिलो फल एकदमै लाभदायक हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved