इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नेपालभ्युज

इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । पोखरा जिल्ला अदालतले रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले बिहिबार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

बचतकर्ताको उजुरी पछि प्रहरीले जेठ ३२ गते बुर्तिबाङबाट सञ्चालक भण्डारीलाई, असार १ गते ताराखोलाबाट कर्मचारी  रोकालाई र असार ११ गते प्रबन्धक किसानलाई प्रहरीले  पक्राउ गरेको थियो ।

बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रको अनुमति लिएको सहकारीले कार्यालयकै बोर्ड राखेर कारोबार गर्दै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved