सुन तस्करी : पौडेलको नेतृत्वमा बन्यो छानबिन समिति, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

नेपालभ्युज

सुन तस्करी : पौडेलको नेतृत्वमा बन्यो छानबिन समिति, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद भएको सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ। विभागले अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको हो।

छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

बुधबार विमानस्थल भन्साबाट पास भइसकेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो।

यस सुन प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved