एजेन्सी । कपालको देखभाल गर्नका लागि तपाईंले सधैं घरमै भएका चिजहरुलाई प्रयोग गर्न सक्नुहुन्छ । यसको न कुनै साइड इफेक्ट हुन्छ न त यसले नोक्सान पुर्याउँछ । यसरी नै हामीले वर्षात् तथा गर्मीले गर्दा स्काल्पमा हुने चिपचिपलाई कम गर्न पनि घरमै भएका सामग्रीहरुको प्रयोग गर्न सक्छौं ।
आवश्यक सामग्री
- अन्डाको सेतो भाग
- एलोवेरा जेल
एलोवेरा जेलका फाइदा
एलोवेरा जेलमा भिटामिन ए, भिटामिन सी र भिटामिन बी हुन्छ जसले कपाललाई भरपूर मात्रामा पोषण दिने गर्छ ।
यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले कपाललाई हाइड्रेटेड गराइराख्न सहयोग गर्छ ।
एलोवेरा जेलमा एन्टीब्याक्टेरियल गुण समेत हुन्छ जसले कपाललाई हर प्रकारको संक्रमणबाट बचाउने गर्छ ।
अन्डाको फाइदा
- यसमा पाइने तत्वले कपाललाई प्राकृतिक रुपमा प्रोटिन दिने काम गर्छ ।
- कपाललाई बाक्लो बनाउनका लागि अन्डाको प्रयोग गर्ने गरिन्छ ।
- अन्डाले कपाललाई पोषण दिने काम पनि गर्छ ।
- स्काल्पमा हुने तेललाई पनि कम गर्न अन्डाले राम्रो काम गर्छ ।
प्रयोग गर्ने तरिका
- सबैभन्दा पहिला एउटा कचौरामा कपालको हिसाबले अन्डाको सेतो भाग राख्नुहोस् ।
- अब यसमा २ देखि ३ चम्चा एलोवेराको पातबाट जेल निकालेर राख्नुहोस् ।
- अब दुबै चीजहरुलाई राम्रोसँग मिलाउनुहोस् ।
- यसलाई तपाईंको कपालको जरादेखि पूरै कपालमा लगाउनुहोस् ।
- लगभग एकदेखि दुई घण्टासम्म यसलाई कपालमा लागिरहन दिनुहोस् ।
- अब तपाईं स्याम्पु तथा कन्डीशनरको प्रयोग गरेर कपाललाई सही तरिकाले सफा गर्नुहोस् ।
- कपाल केही मात्रामा सुकेपछि त्यसमा हेयर सीरम पनि लगाउन सक्नुहुन्छ ।
- यस्तो तरिकाले तपाईं हप्तामा दुईपटक लगाउन सक्नुहुन्छ ।
- लगातार यस्तो प्रयोग गरेमा तपाईंको कपालको सुख्खापन पनि कम हुन्छ र कपाल चम्किलो पनि हुनेछ ।
नोट : कुनै पनि तरिकाहरु प्रयोग गर्नु अघि तपाईं विशेषज्ञहरुको सल्लाह पनि लिनुहोस् । साथमा एकपटक प्याच टेस्ट पनि अवश्य गर्नुहोस् ।
Facebook Comment
Comment