करिस्माको फिल्म ‘बगान’लाई काठमाडौं महानगरको तिरायो ५० हजार जरिवाना

गत शुक्रवारदेखि प्रदर्शनमा आएको सरोज खनालद्वारा निर्देशित ‘बगान’ फिल्ममा फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय छ।

नेपालभ्युज

करिस्माको फिल्म ‘बगान’लाई काठमाडौं महानगरको तिरायो ५० हजार जरिवाना

काठमाडौं। गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई काठमाडौँ महानगरपालिकाले ५० हजार जरिवाना तिराएको छ।

काठमाडौँ महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई महानगरले जरिवाना तिराएको हो।

फिल्मका वितरक रिच इन्टरटेन्मेन्टका प्रमुख करण क्रेजी श्रेष्ठका अनुसार ‘फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरेबापत जरिवाना’ नेपाली वेबसाइट मिडिया हाउस प्रा.लीद्वारा जरिवाना तिरिएको रसिदमा उल्लेख छ।’

गत शुक्रवारदेखि प्रदर्शनमा आएको सरोज खनालद्वारा निर्देशित ‘बगान’ फिल्ममा फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय छ। फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्।

‘बगान’ फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गरेको हो। रिच इन्टरटेन्मेन्टका प्रमुख करण क्रेजी श्रेष्ठले महानगरले पूर्वाग्रही शैलीमा पोस्टर टाँसेकोमा कारबाही गरेको प्रतिक्रिया दिए।

‘बगान’ ले एकल महिलाको विषय उठाएको, निर्माताको खर्चमा देशैभरीका एकल महिलालाई निःशुल्क फिल्म हेर्ने व्यवस्था मिलाएर समाजसेवा गरिरहेको वितरण श्रेष्ठको तर्क छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved