अनावश्यक खर्च रोक्न अपनाउनुहोस् यस्ता उपाय

नेपालभ्युज

अनावश्यक खर्च रोक्न अपनाउनुहोस् यस्ता उपाय

एजेन्सी । कयौं पटक फजुलखर्चका कारणले पनि हाम्रो महिनाभरीको बजेट बिग्रने गरेको छ । यसलाई नियन्त्रण गर्न केही उपाय अपनाउन सक्नुहुन्छ । कसरी पैसा बचाउने भन्ने सोंचिरहनुभएको छ भने आज हामी केही टिप्स दिनेछौं ।

  • फजुल खर्च रोक्न सबैभन्दा पहिला गर्नुपर्ने काम महिनाको सुरुआतमै बजेट तयार गर्नु हो । यस्तो गर्नाले आफ्नो बजेटअनुसार चल्ने प्रयास तपाईँबाट हुन सक्नेछ ।
  • सामान किन्ने वा शपिंग गर्दा डेविट वा क्रेडिट कार्डको ठाउँमा क्यास (पैसा) नै प्रयोग गर्नुहोस् । यस्तो गर्नाले तपाईंले आफूसँग भएको पैसा र खर्च गर्नुपर्ने अनुपात अनुमान लगाउन सक्नुहुन्छ ।
  • यदि तपाईं किनमेलमा जाँदै हुनुहुन्छ भने पहिला नै किनमेल गर्ने सामग्रीको लिस्ट तयार गर्नुहोस् । यसो गरेमा तपाईं आवश्यक सामग्री मात्र किन्नुहुनेछ, यसरी पनि फजुल खर्च रोक्न सकिन्छ ।
  • यदि तपाईंलाई बजारमा कुनै सामग्री मन पर्यो भने, त्यसलाई किन्नु अघि एकपटक सोंच्नुहोस् तपाईंलाई त्यसको आवश्यकता छ कि छैन ?
  • यदि तपाईं फजुल खर्च रोक्न चाहनुहुन्छ भने विनाकारण शपिंग एप्सहरु हेर्न बन्द गर्नुहोस् । अहिलेको अवस्थामा फजुल खर्च यसरी नै सुरु हुन्छ ।
  • कुनै पनि होटलमा खान होस् वा पसलमा किनमेल गर्न जाँदा यस्तो ठाउँ रोज्नुहोस् जहाँ मूल्य पनि कम होस् र सामग्री पनि राम्रो होस् ।
  • यदि आफ्नो पार्टनरसँग ज्वाइन्ट अकाउन्ट खोलेर तलवको केही अंश त्यहाँ जम्मा गर्ने बानी गर्नुभयो भने पनि यसले फजुल खर्च कम गरेर बचतको बानी बस्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved