प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै बारले दबाब दिने

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन माग गर्दै बारले दबाब दिने

काठमाडौँ। नेपाल बार एसोसिएसनले दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउन माग गर्दै ज्ञापन पत्र बुझाउने भएको छ। साथै सभामुखलाई भेटे लगत्तै बारले संसदीय दलको कार्यालय सिंहदरबारमा राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने र महाभियोगका लागि दबाब दिने छ।
बर आज पनि आन्दोलनमा छ। ‘प्रधानन्यायाधीश राजीनामा दे’, ‘न्याय बेचुवा राजीनामा दे’, ‘सेटिङको फैसला चाहिँदैन, न्याय मार्न पाइँदैन’, ‘कालो धनको खोजी गर,चोलेन्द्रलाई कारबाही गर’ लगायतका नारा लगाएर कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्। आज भने बारको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved