यी देशमा शारीरिक सम्बन्ध बनाउँदा पाइन्छ सजाय

नेपालभ्युज

यी देशमा शारीरिक सम्बन्ध बनाउँदा पाइन्छ सजाय

एजेन्सी । विवाह पछि शारीरिक सम्बन्ध बनाउन जति वैधानिक मानिन्छ । त्यति नै केही देशहरुमा विवाह पहिले सम्बन्ध बनाउनु अवैध मानिन्छ । यहाँसम्म कि कतिपय ठाउँमा यसो गर्दा सजाय समेत भोग्नुपर्छ ।

साउदी अरब

साउदी अरबमा जोडीले विवाह अघि शारीरिक सम्बन्ध बनाउँछन् भने जेल सजाय दिइन्छ । यस्तो जोडीलाई समातिएको खण्डमा र उनीहरुलाई कसैले यसो गरेको भनेर उजुरी दिएमा कोर्राले पिट्ने समेत नियम छ ।

कतार

कतारमा पनि विवाह नगरी सम्बन्ध बनाउनु प्रतिबन्ध छ । कानुनको उल्लंघन गरेमा जोडीलाई एक वर्षसम्म जेल सजाय हुन सक्छ ।

अफगानिस्तान

यस देशमा विवाह अघि शारीरिक सम्बन्ध तथा लिवइन रिलेशनशिपलाई सख्त मनाही गरिएको छ । यदि कसैले यसो गर्छ भने उसलाई ढुंगाले हानिन्छ जबसम्म उ मर्दैन ।

ईरान

यहाँ कसैले विवाह अघि शारीरिक सम्बन्ध बनाउँछ भने उसलाई बीच सडकमा पिटिन्छ तथा ढुंगाले पनि हानिन्छ ।

सोमालिया

यस देशमा विवाह अघि शारीरिक सम्बन्ध बनाउनु गैरकानुनी हुन्छ । यसो गरेमा अपराधीलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।

पाकिस्तान

पाकिस्तानमा विवाह अघि शारीरिक सम्बन्ध बनाउनेलाई फाँसीसम्मको सजाय तोकिएको छ । तर अहिलेसम्म भने पाँच वर्षको जेल सजाय मात्र हुँदै आइरहेको छ । यसो गरेमा फाँसी नै दिइएको रेकर्ड भने अहिलेसम्म छैन ।

मलेशिया

मलेशियामा पनि विवाह अघि शारीरिक सम्बन्धलाई कानुनी रुपमै मनाही गरिएको छ । यदि कसैले यस्तो गर्छ भने उसलाई ६ महिनासम्म जेलको सजाय सुनाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved