काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनपछि राजनीतिक गतिविधि ठप्प भएका छन् । पूर्वनिर्धारित बैठकहरु स्थगित भएका छन् भने नेताहरु श्रद्धान्जलिसँगै समवेदना प्रकट गर्न माओवादी पार्टी कार्यालय गइरहेका छन् ।
सीताको निधनपछि आज लिउँसो ४ बजेका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक स्थगित भएको जनाइएको छ । बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
त्यस्तै आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अब बैठक साउन २ गतेदेखि बस्ने छ ।
राष्ट्रियसभाको आजको बैठक पनि स्थगित भएको छ । बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।
त्यस्तै आजका लागि तय भएका विभिन्न संसदीय समितिका बैठक पनि स्थगित भएका छन् ।
Facebook Comment
Comment