प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक अस्पताल पुगे शीर्ष नेता

नेपालभ्युज

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक अस्पताल पुगे शीर्ष नेता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता पुग्ने क्रम जारी छ। प्रधानमन्त्री परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, पत्नी आरजु राणालगायत पुगेका छन्।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि नर्भिक पुगेका छन्। मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, रेखा शर्मा, मोहनबहादुर बस्नेत र रञ्जिता चौधरी नर्भिकमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि केही बेरअघि अस्पताल पुगेका छन्। अरू नेताहरू पुग्ने क्रम जारी छ।

सीताको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भए पनि निधनको खबरसँगै शुभेच्छुकहरूको अस्पतालमा भीड छ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ।

उपचारकै क्रममा सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकार थिइन्।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

सीता दाहालको अन्त्येष्टि दिउँसो २ बजे हुने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved