गर्मीमा अनुहारमा धेरै नै पसिना आउँछ ? यसो गर्नुस्

नेपालभ्युज

गर्मीमा अनुहारमा धेरै नै पसिना आउँछ ? यसो गर्नुस्

एजेन्सी। गर्मी मौसममा कतिपय मानिसलाई अनुहारमा पनि अत्यधिक पसिना आउने गर्छ । त्यसैले अनुहारमा धेरै पसिना आउने समस्या छ भने केही सजिलो तरिकाहरू अपनाएर तपाईंले यो समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

– अनुहारमा धेरै पसिना आउने समस्या छ भने तपाईं घामबाट बच्नुपर्छ । एकदमै जरुरी भए मात्र घाममा निस्कने गर्नुहोस् सकेसम्म घामबाट बच्ने प्रयास गर्नुहोस् ।

– एन्टीअक्सिडेन्ट्सले भरपुर टमाटरको रस अनुहारमा लगाउँदा पसिना कम आउँछ । टमाटरको रसमा यस्तो गुण पाइन्छन् जसले तपाईं खुलेका पोर्सलाई कम गर्ने गर्छ । त्यसैले, टमाटरको जुस पिउनुका साथै यसको रसलाई अनुहारमा लगाउन सकिन्छ ।

– गर्मीमा धेरै पसिना आउने समस्या छ भने शरीरमा पानीको कमी हुन नदिनुहोस् । भरपूर मात्रामा पानी, जुस तथा नरिवलको पानी जस्ता पेय पदार्थले शरीरलाई हाइड्रेटेड राख्नुहोस् ।

– अनुहारको पसिना कम गर्नका लागि बरफको प्रयोग पनि गर्न सकिन्छ । बरफलाई सुतीको कपडामा लपेटेर अनुहारमा लगाउँदा पसिना तथा गर्मीबाट छुट्कारा पाउन सकिन्छ ।

– त्यस्तै, आलुको रस लगाएर पनि अनुहारमा धेरै पसिना आउने समस्या कम गर्न सकिन्छ । त्यसैले, आलुलाई स्लाइसमा काटेर अनुहारमा केहीबेर हल्का हातले रगड्नुहोस् ।

– काँक्रोले पनि शीतलता प्रदान गर्छ चाहे यसलाई खाँदा होस् वा लगाउँदा । त्यसैले, तपाईं काँक्राको सेवन गर्नुका साथै यसलाई अनुहारमा लगाउन पनि सक्नुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved