एजेन्सी। कैयौंपटक स्कुल तथा कलेजका विद्यार्थीहरूका लागि अनेक प्रकारका परीक्षाहरूको तयार गर्नुपर्ने हुन्छ । यस्तोमा प्रायः पढ्दा पढ्दै निद्रा लाग्ने समस्या धेरैलाई हुन्छ । यदि, तपाईं पनि पढ्ने बेला निद्रा लाग्ने समस्यालाई कम गर्न चाहनुहुन्छ भने हामीले दिएका केही साना टिप्सहरू अपनाउनु सक्नुहुन्छ।
कैयौंपटक पढ्ने समयमा २–३ घण्टा पछि निद्रा लाग्न शुरु हुन्छ । यस्तो प्रायः राम्रो डाइट नलिने कारणले पनि हुन्छ । साथै रातमा निद्रा पूरा नभएको खण्डमा पनि हुने गर्छ । पढ्ने बेला निद्रालाई भगाउनका लागि सधैं सीधा भएर बस्ने कोसिस गर्नुहोस् । यस्तोमा पढ्ने बेलामा अल्छी लाग्दैन र पढ्न मन लागिरहन्छ । एउटा पढ्ने स्थान बनाएर सही पोस्चरमा बसेर पढ्ने कोसिस गर्नुहोस् ।
पढ्ने समयमा यदि तपाईंलाई निद्रा आउन थाल्छ भने तपाईं कुनै कुनै बेला चिया वा कफी पनि पिउन सक्नुहुन्छ । यसो गर्दा तपाईंलाई केहीबेर ब्रेक पनि मिल्छ र फ्रेस महसुस गर्नुहुनेछ ।
यदि, तपाईंलाई धेरैबेर बसेर पढ्दा निद्रा आउन थाल्यो भने तपाईं केहीबेर हिँडेर पढ्न सक्नुहुन्छ । रिविजन गरिरहेको बेला किताब हातमा लिएर हिँड्दै पढ्न पनि सकिन्छ ।
ओछ्यानमा बसेर तथा थोरै उज्यालोमा बसेर पढ्दा निद्रा आउन थाल्छ । त्यसैले, पढ्ने समयमा तपाईं एकदमै चमकदार रोशनी भएको रुममा बसेर पढाइ गर्नुहोस् ।
यदि, तपाईंलाई पढ्दा पढ्दै निद्रा लाग्यो भने तपाईंले नुहाउन पनि सक्नुहुन्छ । पढ्न एकदमै जरुरी छ भने तपाईं नुहाएर पढ्न शुरु गर्नुभयो भने निद्रा लाग्दैन । यसले तनाव र थकान पनि कम हुन्छ जसले गर्दा निद्रा लाग्दैन ।
यदि, तपाईंलाई पढ्ने बेला निद्रा लाग्छ भने गीत-संगीतको सहारा पनि लिन सक्नुहुन्छ । कुनै मनपर्ने गीत कानमा लगाएर पढ्नाले निद्रा लाग्ने समस्या कम हुन्छ । पढाइको बेला तपाईं मुड पनि राम्रो हुन्छ ।
Facebook Comment
Comment