एजेन्सी। व्यस्त जीवनशैलीले गर्दा हामीले आफ्नो स्वास्थ्यप्रति राम्रोसँग ध्यान दिन पाउँदैनौं । यस्तो अवस्थामा यदि तपाईंले टाउको मालिस गर्ने बानी बसाल्नुभयो भने तपाईंलाई एकदमै धेरै फाइदाहरू हुन सक्छन् । आउनुहोस् जानौं टाउकाको मसाज गर्दा कस्ता कस्ता लाभहरू हुन्छन् ।
कपालको वृद्धि
शिरलाई राम्रोसँग मालिस गराउँदा कपालको ग्रोथ राम्रो हुन्छ । यसका साथै तपाईंको कपालमा चमक पनि बढ्न थाल्छ । यसका लागि तपाईंलाई कम्तीमा हप्तामा दुईपटक मसाज गर्नुपर्दछ ।
तनाव कम
टाउको मालिस गर्नाले रक्तसञ्चार राम्रो हुन्छ । टाउको मसाज गर्दा हाम्रो मन शान्त हुन्छ र तनाव कम गर्न पनि सहयोग मिल्छ ।
माइग्रेनको दुखाइबाट राहत
यदि, तपाईंलाई माइग्रेन छ भने तपाईंलाई टाउकाको मालिस गराउनु फाइदाजनक हुन सक्छ । यसले माइग्रेनमा हुने दुखाइबाट राहत पाउन सकिन्छ । साथै शिर, घाँटी तथा काँधका मांसपेशीहरूले पनि आराम पाउँछन् ।
रक्तचाप नियन्त्रण
शिरको मालिस गर्नाले तपाईं तनावबाट टाढा रहनुहुन्छ । साथै, यसले तपाईंको रक्तचाप पनि सामान्य रहन सहयोग हुन्छ । शिरको मालिसले हृदयाघातको सम्भावना पनि कम हुन्छ ।
राम्रो निद्रा
रातमा सुत्नु अघि शिरको मालिस गर्नाले निद्रा नआउने समस्या पनि कम हुन थाल्छ । हेड मसाज गर्नाले तपाईं एकदमै आरामदायक महसुस गर्नुहुन्छ, जसले गर्दा राम्रो र गहिरो निद्रा आउँछ ।
स्मरण शक्तिको वृद्धि
शिरको मालिस गरेर तपाईं स्मरण शक्ति बलियो तथा एकाग्रता बढाउन पनि सक्नुहुन्छ । यसका साथै हेड मसाजले मस्तिष्कले पनि राम्रोसँग काम गर्न थाल्छ ।
टाउको दुखाइ
केहीबेर शिरको मालिस गर्नाले धेरै प्रकारको टाउको दुखाइ पनि निको हुन्छ । यसका साथै तनावले टाउको भारी भएको बेला पनि सुत्नुअघि टाउकाको मालिस गराउनु फाइदाजनक हुन्छ ।
Facebook Comment
Comment