तौल बढाउनका लागि यसरी खानुहोस् आँप

नेपालभ्युज

तौल बढाउनका लागि यसरी खानुहोस् आँप

एजेन्सी । शरीरमा न्यूट्रिशनको कमी हुनाले तौल कम हुन्छ । मोटाउन नसकेर समस्यामा हुनुहुन्छ भने आँपको सेवनले पनि तौल बढाउन सकिन्छ ।

अहिले बजारमा थरी थरीका पाकेका आँप पाइन्छन् । मौसमी फल भएकाले अहिलेको आँप खानमा पनि स्वादिलो हुन्छ ।

तौल बढाउन आँप र पीनट बटर मिसाएर स्मूदी तयार गर्न सकिन्छ । एक गिलास फूल क्रिम दुधमा एउटा पाकेको आँप र एक चम्चा पीनट बटर मिसाएर ग्राइन्ड गर्नुहोस् । यस स्मूदीलाई कसरत गरेपछि पिउनुहोस् जसले गर्दा मसल्सको वृद्धि हुन्छ ।

बदामको दुध र पाकेको आँपले पनि दुब्लोपन कम गर्न सक्छ । गिलासमा बदामको दुधमा एउटा पाकेको आँप राख्ने र राम्रोसँग ग्राइन्ड गर्ने । दैनिक जिम जानुअघि वा आइसकेपछि एक गिलास यसको सेवन गर्नाले तौल बढ्न थाल्नेछ ।

पाकेको आँप र ओट्सको मिश्रण पनि तौल बढाउनका लागि एकदमै उपयोगी हुन्छ । एक गिलास दुध, एउटा पोकेको आँप चार चम्चा ओट्स मिक्स गरेर ग्राइन्ड गर्ने । यसको नियमित सेवन गरेमा तौल बढ्न थाल्छ ।

त्यस्तै आँपलाई दुध तथा ओखरमा मिसाएर पनि खान सकिन्छ । दुध, आँप र ओखरको मिश्रणलाई स्मूदी बनाएर खान सकिन्छ । यो मिश्रण तौल बढाउनका लागि मात्र नभएर दिमागका लागि पनि एकदमै राम्रो हुन्छ । यसले दिमागका सेल्सको वृद्धिमा सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved