एजेन्सी । हरेक कुरामा रिस उठ्नु स्वास्थ्यका लागि त नराम्रो हुन्छ नै साथै यसले मानिसको छवि पनि नराम्रो बनाउँछ । ज्योतिषशास्त्रका विज्ञले हरेक कुरामा रिस उठ्ने बानी कम गर्न केही उपाय बताएका छन् ।
जसलाई अपनाएर तपाईंले पनि आफ्नो रिस शान्त पार्न सक्नुहुन्छ । जानौं त्यस्ता उपाएबारे ।
- यदि तपाईंलाई हरेक कुरामा रिस उठ्छ भने चाँदीको लकेट लगाउन सक्नुहुन्छ । चाँदीको सानो टुक्रालाई साथमा राख्न पनि सक्नुहुन्छ ।
- यदि तपाईंलाई छिटो रिस उठ्ने समस्या छ भने अत्तरको प्रयोग गर्न पनि सक्नुहुन्छ । हातमा अत्तर लगाउनुहोस् र जतिबेला पनि रिस उठ्छ त्यतिबेला सुँघ्ने गर्नुहोस् ।
- यदि तपाईंलाई एकदमै छिटो रिस उठ्छ भने तपाईंले चन्द्रमाको पूजा गर्नुपर्दछ वा त्यसबेला चन्द्रमाको मन्त्र जप पनि गर्न सक्नुहुन्छ ।
- चन्दनको तासिर चिसो हुन्छ । चन्दनलाई निधार वा हृदयमा लगाउँदा पनि रिस शान्त हुन्छ भनिन्छ । सुस्त धैर्यताले स्थान लिन थाल्छ ।
- दैनिक बिहान उठेपछि भुँइमा सबैभन्दा पहिला दायाँ खुट्टा राख्नु पर्दछ । यसले रिसाउने स्वभावमा कमी आउन थाल्छ ।
- दैनिक नियमित रुपमा सूर्य देवलाई अर्घ्य दिनाले पनि कुन्डलीमा सूर्यको स्थिति बलियो हुन्छ र रिसमा नियन्त्रण राख्न सहयोग हुन्छ ।
- रातो रंगले प्रेमसँगै क्रोधलाई पनि दर्शाउँछ । यदि तपाईंको रिस एकदमै तेज छ भने रातो तथा भड्कीलो रंगबाट दुरी बनाउनु पर्दछ ।
- यदि तपाईंको रिस एकदमै छिटो उठ्ने खालको छ भने दैनिक हनुमान चालिसाको पाठ गर्नुहोस् । रिस शान्त हुँदै जाने ज्योतिष बताउँछन् ।
Facebook Comment
Comment