अदुवा र गुड एकसाथ खाँदा हुने फाइदा

नेपालभ्युज

अदुवा र गुड एकसाथ खाँदा हुने फाइदा

एजेन्सी । गुड तथा अदुवा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यिनीहरु सँगै खाँदा पनि स्वास्थ्यलाई एकदमै धेरै लाभहरु पाउन सकिन्छ । जानौं यी दुबैको मिश्रणबाट हुने फाइदाहरुका बारेमा

– गुडमा कपर, भिटामिन बी, जिंक, फस्फोरस, पोटाशियम आदि जस्ता पोषक तत्वहरु पाइन्छन् ।

– गुड तथा अदुवा एकसाथ खानाले शारीरिक कमजोरीहरुबाट छुट्कारा पाइन्छ साथै ऊर्जा पनि पाइन्छ । यसका लागि गुड र अदुवाको रस मिसाएर खान सकिन्छ ।

– त्यस्तै यी दुबैलाई सँगै मिसाएर खाँदा तौल कम गर्न पनि सकिन्छ । यसले शरीरको मेटाबोलिज्म राम्रो हुन्छ जसले गर्दा शरीरमा अतिरिक्त बोसो सजिलै कम हुन्छ ।

– त्यस्तै यो मिश्रण छालाका लागि पनि एकदमै राम्रो हुन्छ । यसको सेवनले चाउरीपना आदि समस्याबाट पनि राहत पाइन्छ

– त्यस्तै शरीरको कुनै भाग सुन्निएको खण्डमा पनि यो मिश्रणको सेवन गर्न सकिन्छ । यसले जोर्नी तथा शरीरका अन्य भाग सुन्निएको बेला आराम दिन्छ ।

– यो मिश्रण खोकीको पनि घरेलु उपचार हो । सुख्खा खोकी लागेको बेला यो मिश्रणको सेवनले एकदमै आराम दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved