दुई करोड तेत्तीस लाखको लागूऔषधसहित १० जना पक्राउ

नेपालभ्युज

दुई करोड तेत्तीस लाखको लागूऔषधसहित १० जना पक्राउ
फाइल फोटो

काठमाडौं।  प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागूऔषध विरुद्धको अपरेसनमा उनीहरुलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँचजना नेपाली रहेका छन् । उनीहरुका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरु डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्र्ट रहेका छन् ।

उनीहरुमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved