एजेन्सी । कतिपयका ओंठको रंग कालो हुँदै जान्छ । त्यसैले आफ्नो ओंठलाई मुलायम तथा गुलाबी बनाउन केही सजिला उपाय अपनाउन सकिन्छ । जानौं त्यस्ता केही तरिका ।
- दैनिक ओंठको मालिस गरेर नरम तथा गुलाबी बनाउन सक्नुहुन्छ । औंलाले गोलो गालो घुमाएर ओंठको मसाज गर्नुहोस् ।
- पोषक तत्वले भरपूर चुकन्दरको रसले पनि कालो भएको ओंठ गुलाबी वा प्राकृतिक रंगको हुन सक्छ । त्यसैले चुकन्दरको रसमा एलोवेरा जेल मिसाएर दैनिक लगाउनुहोस् ।
- कहिलेकाँही कम पानी पिउने बानीले पनि ओंठ कालो हुन सक्छन् । त्यसैले सधैं शरीरलाई हाइड्रेट राख्नुहोस् । जसका लागि प्रसस्त मात्रामा पानी पिउनुहोस् ।
- रातमा सुत्नुअघि प्राकृतिक मोइस्चराइजर जस्तै जैतुनको तेल, नरिवलको तेल, मह वा शिया बटर लगाउनुहोस् । यसले ओंठलाई पोषण दिन्छ । गुलाबी र नरम बनाउन पनि सक्छ ।
- कागतीको रसमा प्राकृतिक ब्लीचिंग गुण हुन्छ, जसले कालो ओंठलाई गुलाबी बनाउन सहयोग गर्छ । त्यसैले कागतीको रसमा चिनी मिसाएर स्क्रब गर्नुहोस् । फाइदा पुग्छ ।
- सूर्यबाट निस्कने हानिकारक किरणले ओंठको छालालाई नोक्सान पुर्याउन सक्छ । त्यसैले घाममा निस्कनु अघि एसपीएफ भएको लिप बाम लगाउन नभुल्नुहोस ।
Facebook Comment
Comment