एजेन्सी। कैयौंपटक मानिस तौल कम गर्नका लागि विभिन्न कोशिसहरू गरिरहेका हुन्छन् । यसको पछाडि केही सामान्य साना साना गल्तीहरू जिम्मेवार हुन सक्छन् । आउनुहोस् जानौं तौल कम गर्ने क्रममा गरिने साना साना गल्तीका बारेमा ।
धेरै वा कम क्यालोरी खानु
केही मानिस जानी नजानी तौल घटाउनका लागि कि धेरै वा कि एकदमै कम क्यालोरी खान्छन् । यसो गर्नाले मेटाबोलिज्म प्रभावित हुन्छ, जसले गर्दा तौल कम हुँदैन । तौल कम गर्नका लागि स्वास्थ्य विशेषज्ञसँग क्यालोरीको मात्रा जान्नुपर्दछ ।
अनियमित तरिकाले खानु
तौल घटाउन धेरै कोसिस गर्दा गर्दै पनि कतिपयले खानामा नियन्त्रण गर्न सक्दैनन् । त्यसैले, कैयौंपटक त्यस्ता व्यक्तिले धेरै खाने पनि गर्छन् । कहिले कम कहिले धेरै खाने गर्दा शरीरमा फ्याटको मात्रा झनै बढ्छ जसले गर्दा तौल कम गर्न बाधा हुन्छ ।
प्रोटिन नखानु
यदि, तपाईंले आफ्नो खानपानमा प्रोटिन लिनुभएको छैन भने तौल घटाउन अलिकति गाह्रो हुन सक्छ । खासगरी प्रोटिनले भोकलाई कम गरेर पेट भरिएको महसुस गराउँछ र फ्याटलाई घटाएर मसल बिल्ड गर्न पनि सहयोग गर्छ ।
सही तरिकाले कसरत नगर्नु
तौल कम गर्नका लागि नियमित रूपमा कसरत गर्न पनि आवश्यक हुन्छ । यस्तोमा कतिपय व्यक्ति कार्डियो वा साइकिलिंग मात्र गर्छन् । जबकि, तौल कम गर्नका लागि वेट लिफ्टिंग वा स्क्वाट जस्ता कसरत पनि सहयोगी हुन्छन् ।
निद्राको कमी
स्वस्थ तरिकाले तौल कम गर्नका लागि पर्याप्त मात्रामा निद्रा लिन पनि एकदमै जरुरी हुन्छ । यदि, तपाईं दिनभरमा ६ घण्टाभन्दा पनि कम सुत्नुहुन्छ भने यस्तो बानीले तौल घटाउनुको सट्टा अझै बढाउन सक्छ ।
Facebook Comment
Comment