गर्मी मौसममा जलजिराले बनाउँछ मुडफ्रेस, जानौं बनाउने तरिका

नेपालभ्युज

गर्मी मौसममा जलजिराले बनाउँछ मुडफ्रेस, जानौं बनाउने तरिका

एजेन्सी। गर्मी भइरहेको बेला जसरी फलफूल तथा अन्य जुसहरूले शरीरलाई शीतल बनाउने गर्छन् । त्यसरी नै मिठो, अमिलो तथा पिरो पिरो जलजिराले पनि शरीरलाई शीतल बनाउने काम गर्छ । यसलाई घरमा यसरी बनाएर खान सकिन्छ।

– तपाईं जलजिरा बनाउनका लागि पुदिनाको पात, काटेको अदुवा, धनियाँ र भुटेको जिराको प्रयोग गर्न सकिन्छ ।

– यसका साथै तपाईं अमचूरको पाउडर, कालो नुन, सेतो नुन, चिनी र कागती जस्ता सामग्रीको पनि प्रयोग गर्नुपर्दछ । यति सामग्रीको प्रयोग गर्दा जलजिराको स्वाद पनि बढ्छ ।

– सबैभन्दा पहिला मिक्सरमा पुदिनाको पात, धनियाँ, अमचुर पाउडर, कालो नुन, सेतो नुन, जिरा, अदुवा र कागती राखेर पिस्नुहोस् ।

– त्यसपछि एउटा मसिनो जालीको सहयोगमा मिक्सरलाई एउटा भाँडोमा छान्नुहोस् ।

– अब दुईवटा ठूलो गिलासमा चिसो पानी र इच्छाअनुसार बरफका केही टुक्रा राख्नुहोस् । तयार गरेको मिक्सरलाई उक्त पानीमा मिसाएर राम्रोसँग घोल्नुहोस् ।

– त्यसपछि तपाईंको जलजिरा तयार हुन्छ । यसलाई सर्भ गर्नका लागि धुनियाँ तथा पुदिनाको पातहरूले गार्निस गर्न सक्नुहुन्छ ।

तपाईं यही प्रक्रियामा घरमै सजिलै जलजिरा बनाएर पिउन सक्नुहुन्छ । यसलाई पिउँदा पनि एकदमै स्वादिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved