एजेन्सी । नेपाली खानाको थालीमा चटनीलाई पनि विशेष महत्व दिइएको हुन्छ ।
विभिन्न प्रकारका अचारसँगै धनियाँ तथा पुदिनाको चटनीको पनि उत्तिकै महत्व हुन्छ । र यसका फाइदा पनि धेरै नै छन् । टमाटर मिसाएर वा नमिसाई बनाइएको यस्तो चटनीको स्वास्थ्य लाभहरु पनि प्रसस्त छन् ।
भोक बढाउँछ
जो व्यक्तिलाई भोक नलाग्ने समस्या छ त्यस्तो व्यक्तिले दैनिक धनियाँ तथा पुदिनाको चटनी सेवन गर्नुहोस् । पुदीना एन्टीअक्सीडेन्ट्स तथा पाचन शक्ति भएको गुणले भरिपूर्ण हुन्छ ।
यस्ता चटनीले भोजन पचाउन सजिलो हुन्छ जसले गर्दा अपचको समस्या कम हुन्छ । नियमित चटनीको सेवनले भोक खुलेर लाग्छ ।
पेटका लागि फाइदाजनक
गलत खानपानका कारणले प्रायः पाचन सम्बन्धी समस्याहरुको सामना गर्नुपर्छ । धनियाँ र पुदिनाको चटनी खानाले पाचन प्रक्रिया राम्रो हुन्छ र पेटसँग जोडिएका समस्याहरु कम हुन्छन् ।
यस्तो चटनीमा जिरा, कालो नुन, लहसुन आदिको पनि प्रयोग गरिएको हुन्छ जो पाचनका लागि राम्रो मानिन्छ । यस्तो चटनी नियमित खानाले ग्यास, अपच, कब्जियत जस्ता समस्याहरुबाट छुट्कारा पाइन्छ ।
इम्यूनिटी बुस्ट गर्छ
धनियाँ र पुदिनाको चटनी खानाले इम्यून सिस्टम पनि बलियो हुन्छ । यसमा भिटामिन सी भरपूर मात्रामा पाइन्छ जसले इम्यूनिटी बढाउन सहयोग गर्छ । यसको नियमित सेवनले कैयौं प्रकारका विमारी तथा संक्रमणहरुबाट बच्न सकिन्छ ।
वाकवाकी तथा वान्ता कम गर्छ
यदी तपाईंलाई वाकवाकी तथा वान्ता हुने समस्या छ भने पनि धनियाँ र पुदिनाको चटनी खान सक्नुहुन्छ । यसले मुखको स्वाद बढाउँछ । जसले गर्दा वाकवाकी जस्तो समस्या कम हुन्छ । पुदिनाको पातबाट आउने वासनाले वाकवाकी कम गर्छ ।
चटनी बनाउने विधि
धनियाँ तथा पुदिनाको चटनी बनाउनका लागि एक मुट्ठी धनियाँ र एक मुट्ठी पुदिनाको पात लिनुहोस् । अब यसलाई राम्रोसँग सफा गरेर एउटा मिक्सरमा राख्नुहोस् । अब त्यसमा एक चिम्टी जिरा, कालो नुन, हरियो खुर्सानी, अदुवा तथा लहसुनलाई राखेर राम्रोसँग पिस्नुहोस् । यदी आवश्यक परेको खण्डमा थोरै पानी पनि मिसाउन सकिन्छ । यसरी तपाईंको चटनी खानका लागि तयार भयो ।
Facebook Comment
Comment