दैनिक १० मिनेट भर्‍याङ चढ्ने झर्ने गर्दा पनि तौल कम हुन्छ

नेपालभ्युज

दैनिक १० मिनेट भर्‍याङ चढ्ने झर्ने गर्दा पनि तौल कम हुन्छ

एजेन्सी । दैनिक जीवनमा ल्याउने सानो सानो परिवर्तनले पनि तपाईंको स्वास्थ्य राम्रो राख्न सकिन्छ । यसरी नै जिम नगएर घरमै भर्‍याङ चढ्ने चढ्ने र झर्ने गर्दा पनि तपाईंलाई धेरै नै स्वास्थ्य लाभहरु प्राप्त हुन सक्छन् ।

दैनिक मात्र १० देखि १५ मिनेट भर्‍याङ चढ्ने चढ्ने र झर्ने गर्दा पनि शरीरको तौल कम गर्न सकिन्छ । यसले शरीरको मेटाबोलिज्म पनि बुस्ट हुन्छ ।

एक सोधअनुसार दैनिक भर्‍याङ चढ्ने र झर्ने गर्दा कोलेस्ट्रोल कम गर्न पनि सहयोग हुन्छ । त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि पनि यस्तो गर्नु एकदमै फाइदाजनक हुन्छ ।

हड्डीलाई बलियो बनाउनका लागि पनि कहीँ कतै जाँदा तपाईं लिफ्टको ठाउँमा भर्‍याङबाटै तलमाथि गर्न सक्नुहुन्छ ।भर्‍याङ चढ्ने चढ्ने झर्ने गर्दा जोर्नी लगायत अन्य हड्डीसँग जोडिएको समस्या पनि कम हुन सक्छ ।

भर्‍याङ चढ्ने र झर्ने गरेर तपाईंले शरीरको रगत सञ्चालन पनि तीव्र पार्न सक्नुहुन्छ । त्यसैले आफ्नो शरीरलाई स्वस्थ र बलियो बनाउनका लागि पनि यस्तो दैनिक गर्नुहोस् । यसैगरी मधुमेहको समस्यामा पनि भर्‍याङ चढ्नु र झर्नु एकदमै फाइदाजनक हुन्छ । त्यसैले चिनीको मात्रालाई सन्तुलनमा राख्नका लागि दैनिक भर्‍याङको प्रयोग गर्नुहोस् ।

दैनिक यस्तो बानी गरेमा शरीरको मांसपेशीहरु पनि बलियो हुन्छन् । यसले शरीरको तल्लो भागलाई घटाउने तथा बलियो बनाउन पनि एकदमै सहयोगी हुन्छ । यसरी तपाईंले केही समय दैनिक भर्‍याङ चढ्ने र झर्ने गरेर पनि शरीरको तौल कम गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved