गठबन्धन पाँच वर्ष टिक्ने प्रचण्डको दाबी

नेपालभ्युज

गठबन्धन पाँच वर्ष टिक्ने प्रचण्डको दाबी
  फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्।

समाजवादी मोर्चा बनेसँगै गठबन्धनमा गडबडी आएको चर्चा बढेपछि उनले यस्तो दाबी गरेका हुन् ।

सोमबार धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘अहिले अनेकखाले कुरा भइरहेका छन् । तर यो गठबन्धन पाँच वर्ष टिक्छ ।’

उनले आफ्नो भारत भ्रमण निकै फलदायी भएको पनि दोहोर्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved