एजेन्सी । गर्मीमा खानपानमा ध्यान दिन एकदमै जरुरी हुन्छ ।
जसले गर्दा स्वास्थ्य सम्बन्धी कैयौं समस्याहरुलाई कम गर्न सकिन्छ । गर्मी मौसम भनेको लिच्चीको मौसम पनि हो । त्यसैले हामीले लिच्चीलाई पनि आफ्नो खानपानमा समावेश गर्दा फाइदा हुन्छ । गर्मीमा लिच्चीको शर्बतले एकदमै राम्रो काम गर्छ ।
गर्मीमा शरीरमा पानी कम हुने भएकाले डिहाइडे«शनको समस्या एकदमै हुने गर्छ । यसबाट बच्नका लागि हामीले दैनिक लिच्चीको शरबत बनाएर पिउन सक्छौं । लिच्चीमा कैयौं त्यस्ता एन्टीअक्सीडेन्ट्स गुण पाइन्छन् जसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि वृद्धि गर्ने गर्छ । यसरी स्वस्थ शरीर बनाउनका लागि इम्यूनिटी बलियो हुन एकदमै आवश्यक हुन्छ ।
त्यस्तै लिच्चीमा पोटाशियम, फस्फोरस, म्याग्नेशियम जस्ता पोषक तत्वहरु पनि पाइने भएकाले यसले रगतलाई पातलो गराई रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । गर्मीमा यसको नियमित शरबत पिउँदा उच्च रक्तचापलाई पनि कम गर्न सकिन्छ ।
लिच्चीको शरबतको सेवन गरेर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ । यो शरबतले मेटाबोलिज्मलाई बुस्ट गर्छ जसले गर्दा फ्याट बर्नको प्रक्रिया तीव्र हुन्छ र तौल तीव्र गतिमा कम हुन थाल्छ । त्यस्तै पाचन प्रक्रियाका लागि पनि लिच्ची राम्रो हुन्छ ।
यसको जुसमा फाइबर तथा भिटामिन सी पाइन्छ जसले अपच, कब्जीयत तथा ब्लोटिंग जस्तो समस्याबाट छुट्कारा दिन्छ । त्यसैले पनि गर्मीमा लिच्चीको शरबत पिउनु फाइदाजनक हुन्छ ।
Facebook Comment
Comment